प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बारूद बनाउन प्रयोग गरिने सोडा र गन्दकसहित एक जना पक्राउ

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

झापा, मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारूद बनाउन प्रयोग गरिने सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित सोही नगरपालिका-१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । 

प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार