प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९० जना पक्राउ

२०८०-०७-२८

  • A
  • A-
  • A+
Share

काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका छन् ।

काठमाडौं, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति  प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बाँसखेडा बस्ने भिम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय ईन्द्र पाठक समेत २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो । यसैगरी सोही नगरपालिका-१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश खत्री लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार ४ सय ६० रूपैयाँ र तास गड्डी ५ थान सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बहादुर राना समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो ।

सिन्धुली, सुनकोशी गाउँपालिका-६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ६० रुपैयाँ, १ गड्डी तास र ३३ वटा कौडा सहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओम प्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ३ सय ७९ रुपैयाँ र तास २ सय ५२ पत्ता सहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका-५ गल्फै बस्ने ३२ वर्षीय केशव दत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा  भट्ट लगायत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ३ सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।

संखुवासभा, चैनपुर नगरपालिका-३ तिनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेम बहादुर कटुवाल लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ३ सय २५ रुपैयाँ र  १ बुक तासहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८१-०३-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८१-०३-२०

तनहुँ, ब्यास नगरपालिका-५ ठुलोघुम्ती बस्ने ४३ वर्षीय याम बहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा  याम बहादुर समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने पर्वत मोदी गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुर्य भारतीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भारती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।