प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण समापन

२०८०-०६-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले २० जना प्रहरी अधिकृतहरूलाई एप्लिकेसन अफ  सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण प्रदान गरेको छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही  निर्देशनालयमा संचालित प्रथम समूह अन्तर्गत उनीहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो ।  

उक्त अनुशिक्षण समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले अनुशिक्षण समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले अपराध अनुसन्धान तथा प्रहरी कार्यमा अनुशिक्षण महत्त्वपूर्ण सावित हुने चर्चा गर्दै अनुशिक्षणको क्रममा हासिल गरेका ज्ञान सीपलाई आ-आफ्नो कार्य क्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो । 

सो अवसरमा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले प्रशिक्षार्थीहरूको तर्फबाट अनुशिक्षण सम्बन्धी अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा अनुशिक्षण संयोजक प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ३ जना र प्रहरी निरीक्षक १६ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 


सम्बन्धित समाचार
हलुका सवारी चालक तालिम सुरू
२०८१-१०-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २७ औं समूहको हलुका सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी कूल ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०९-२५

काठमाडौं, विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०९-०३

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण र संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, प्रहरी कर्मचारी विरूद्ध उजुरी दर्ता तथा फछर्यौटको तथ्याङ्क, नीति तथा योजना कार्यान्वयनको अवस्था, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धिहरू बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रूपमा रहेको उल्लेख गर्दै विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको उहाँले बताउनुभयो । आन्तरिक सुदृढिकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको चर्चा गर्दै प्रहरी कर्मचारीहरू विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको उहाँले बताउनुभयो ।  विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८१-०९-०२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५३औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गरी बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान ४० जना गरी कुल ५६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
२०८१-०८-२३

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके दुर्घटनाको अनुसन्धान फलदायी हुने बताउँदै तालिममा सिकाइएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरूलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।