अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०९
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने २० वर्षीयक प्रताप चौधरी र बाँके नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-४ घर भएका २० वर्षीय सन्दिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुऱ नगरपालिका-६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने ५३ वर्षीय दिपेन्द्र कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई कालो पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने १९ वर्षीय भुवन नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।