प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ बडडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ५० वर्षीय अक्कल बहादुर घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले अक्कल बहादुर र सोही ठाउँ बस्ने ५३ वर्षीय घारे तामाङलाई सोधपुछ गर्ने क्रममा घारे तामाङ झोला फाली फरार भएपश्चात अकल बहादुरलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घारे तामाङको झोलाबाट थप ४ किलो गाँजा र ३ सय ग्राम चरेश फेला पारी बरामद गरेको छ । हाल फरार तामाङको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित सोही नगरपालिका-१ बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०३-१३

काठमाडौं, काठमाडौं महानगरपालिका-११ भोटेबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ६ सय ५० ट्याब्लेट र नगद ३५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११ घर भएका २६ वर्षीय अनिल गिरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.६४ प ५०९२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट अवैध लागूऔषध अफिम (चोप) ४ किलो ४ सय २० ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौंडा उपमहानगरपालिका-१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ मानस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ कान्छी चोक बस्ने २५ वर्षीय निशान कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम १ सय ४० मिलिग्राम र नगद २४ हजार ८ सय ५० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय मानव बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम र नगद ४ हजार रूपैयाँ सहित मधुवन नगरपालिका-५ ताराताल बस्ने २८ वर्षीय खगेन्द्र शाहीलाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-८ चादनी चोकस्थित राठोर मेडिकल स्टोरबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ५० ट्याब्लेट सहित मेडिकल स्टोर संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिमलेस सिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्झनाबाट खटिएको प्रहरीले मेडिकल स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला उनलाई पक्राउ गरेको हो । यसैगरी बाँके, जानकी गाउँपालिका-६ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम  सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ ढोडपुर बस्ने २६ वर्षीय कमलेश खटीक र जानकी गाउँपालिका-६ बस्ने ४८ वर्षीय सभान अली रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय रघु थारू समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने २७ वर्षीय अरूण चौधरी र २७ वर्षीय धन प्रसाद अधिकारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०३-१२

कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैया बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-७ मन्दिरपुर बस्ने २६ वर्षीय सुनिल डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम र नगद ८ हजार ४ सय ४५ रूपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरील उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-७ बस्ने १९ वर्षीय भोज राज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०३-१२

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २४ वर्षीय सन्त बहादुर बस्नेत रहेका छन् । पक्राउ मध्ये टेक बहादुरलाई ६ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट मंगलबार र सन्त बहादुरलाई ८० ग्राम खैरो हेरोइन सहित ललितपुर महानगरपालिका-७ बालकुमारीबाट बिहीबार पक्राउ गरेको   हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय २० मिलिग्राम सहित काठमाडौं कोटेश्वर बस्ने भारत बिहार पुर्वी चम्पारण-१७ परेउवा रौक्सौल घर भएका २९ वर्षीय नरेश कुमार ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ०५९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिलो भंगालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २८ वर्षीय जंग बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू काठमाडौं चुच्चेपाटी बस्ने २५ वर्षीय अर्जुन मास्के र ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २४ वर्षीय बिशाल सुनुवार रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्र.३-०२-००२ प ४०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित आनन खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय ५७ ट्याब्लेट सहित खाजा घर संचालिका सोही ठाउँ बस्ने मकवानपुर घर भएकी २५ वर्षीया गौरी देवी बलामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अबिनाश खत्री समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    सुनसरी, धरान उपमहानगरपालिका-१७ फोकल्याण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ८५ ट्याब्लेट र कोलिवान ४ हजार १ सय ८५ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आङदावा तामाङ र १९  वर्षीय बुद्ध दर्जी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, रामधुनी नगरपालिका-६ सौरना बस्ने ४८ वर्षीय विजय राजधामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ ग्राम ९ सय ३० मिलिग्राम र नगद ६३ हजार ८ सय २० रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र नगद १ लाख ८२ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु धामी र ३६ वर्षीय रूद्र बहादुर सुवेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ सुब्बा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने रोशन श्रेष्ठ र अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित चुलाचुली गाउँपालिका-३ बस्ने २६ वर्षीय बिवेक राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१० कालाखुट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय गोरू भन्ने नसरू मिया र ६० वर्षीया अक्लिमा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ रूपाटोल बस्ने ३२ वर्षीय ईन्द्र प्रसाद गिरी र सोही नगरपालिका-७ निलकण्ठ टोल बस्ने ३८ वर्षीया सन्जु खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० दनुवार बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अस्पात शेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर घर भएका  २४ वर्षीय हितेश तावाहाङ र १९ वर्षीय निरोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लुईटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-७ बोक्तोबारी बस्ने १६ वर्षीय बालकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१ कौसिलानजर बस्ने २६ वर्षीय जोग बहादुर विकलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० रामघाटबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २१ एम्पुल र नोर्फिन १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३२ वर्षीय विकास नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१६ याङकुली महाबिहार दौबाहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नगद ६ हजार ५० रूपैयाँ सहित सोही महानगरपालिका-११ बंगलामुखी ईखाछे बस्ने भक्तपुर घर भएका २१ वर्षीय दिप्सन दर्शनधारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-९ बस्ने ३० वर्षीय जिबन महर्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० बस्ने ३४ वर्षीय साजन तण्डुकारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  रूपन्देही, देवदह नगरपालिका-१० चरङगेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ भेटघाट चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ४० ट्याब्लेट र डाइक्लोमाइन २ हजार २ सय ४० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सुरज ऋषिदेव, २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ बस्ने ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका-२ बस्ने २२ वर्षीय सागर गनगाई रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०३-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय राजेश कुवर र बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने चितवन घर भएका ३८ वर्षीय बनोद भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पोखरिया नगरपालिका-९ सम्बारी घर भएका १९ वर्षीय तारिफ आलम र  बारा कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया घर भएका २३ वर्षीय लोकेन्द्र राम चमार रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ६४७ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २६ ग्राम ७ सय मिलिग्राम सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २७ वर्षीय राजन राई, २८ वर्षीय अभिषेक भुजेल, २८ वर्षीय सुमन राई, ४० वर्षीय सन्देश राई, उदयपुर बेलका नगरपालिका-४ बस्ने २७ वर्षीय रबिन राई र उनकै श्रीमती १९ वर्षीया आयुषा राई रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ ह ८९९२ नम्बरको अटोका चालक राजन र अटोमा सवार अभिषेकलाई २ ग्राम ८ मिलिग्राम, प्रदेश १-०२-०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार रबिन र उनकै श्रीमती आयुषालाई १६ ग्राम ३१० मिलिग्राम र स.११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार सुमन र सन्देशलाई ८ ग्राम ३ सय १० मिलिग्राम ब्राउसनगुर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोक डेरा गरी बस्ने २५ वर्षीय फुर्मा गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ लगुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय शिशिर गुँरागाई र इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने रामधुनी नगरपालिका-५ घर भएका २५ वर्षीय बिमल लम्साल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.२७ प ९४३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २३ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-७ बस्ने २७ वर्षीय सनम धिमाल र सोही गाउँपालिका-६ बस्ने २० वर्षीय प्रदिप दास रहेका छ्न् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । साथै प्रहरीले सोही ठाउँबाट हल्दिबारी गाउँपालिका-३ बस्ने १५ वर्षीय बालकलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको छ ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ खुकुरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ४५ वर्षीय रनधिर प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम, १३ हजार भारतीय रूपैयाँ र ८ हजार १ सय ४० नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ घन्टाघर बस्ने २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका-८ सोनाफाँटा बस्ने २२ वर्षीया कमला परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ पबेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुशान्त चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छ्न् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बस्ने ३० वर्षीय मनकुमार मगर र २४ वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज चौधरी र २३ वर्षीय मनिष तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, जानकी गाउँपालिका-६ दशेरी बिगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय इतवरीलाल गडरिया समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-४ मदाह बस्ने २९ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०३-१०

झापा, बिर्तामोड नगरपालिका-३ भाटभटेनी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम र नगद १३ हजार २ सय ६० रूपैयाँ सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ५० वर्षीय भरत मोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८५६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा चालक भरतको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१७  बस्ने २० वर्षीय अरमान मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।