प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-१२-२९

  • A
  • A-
  • A+
Share

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७ सय ९० रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

म्याग्दी, बेनी नगरपालिका-६ डम्बरा बस्ने ५५ वर्षीय तेज बहादुर खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार २ सय ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०६-२७

पर्सा, वीरगंज महानगरपालिका-११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-७ सोनबर्षाबाट जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०६-२४

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१ तिरिङ खोलास्थित गाई गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगपालिका-४ बाहुँनडागी बस्ने ५८ वर्षीय भवनी प्रसाद गुरागाई समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ५५ रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०६-२१

सर्लाही, मलंगवा नगरपालिका-२ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा कविलासी नगरपालिका-७ बस्ने ३२ वर्षीय शत्रुधन यादव समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय १८ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ डाँडापातु बस्ने ४० वर्षीय रोशन श्रेष्ठ समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय २० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८३-०६-१९

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ गैरीगाउँ सुनखरी टोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ४८ वर्षीय ङिम लाक्पा शेर्पा समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३७ वर्षीय किरण लम्साल समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ५ सय २० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-५ रामनगरस्थित क्याफेमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय सन्तोष गुप्ता समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।