प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

 पर्वत,  १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको हो । 

उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।