अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-३०
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने २४ वर्षीय सुदिप रैदासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहा बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३२ वर्षीय हिरा लाल सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ट्याब्लेट सहित रोल्पा थबाङ गाउँपालिका-९ बस्ने २७ वर्षीय किरण बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-६ सोल्टीमोडबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुजन लामा समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरीले बुढीचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३५ प ३७३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-३ गौरीगंज बजारस्थित चौतारी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र गाँजा ६ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ गौरीगंज बुधवारे लाईन बस्ने २० वर्षीय रमेश डोम र गौरादह नगरपालिका-८ जुरोपानी बस्ने २१ वर्षीय पुजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरादह नगरपालिका-१ चैतु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने १९ वर्षीय साने भन्ने सुरेन्द्र टुडु, २३ वर्षीय सन्तोष ताजपुरिया र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चोकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १ सय १० ग्राम सहित धनगढीमाई नगरपालिका-९ चैनपुर बस्ने ३३ वर्षीय राजेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले धनगढी जिरोमाईल बजारबाट सुखीपुरतर्फ जाँदै गरेको को.२ ह ७१९४ नम्बरको अटोमा स.२ प ९१६९ नम्बरको मोटरसाइकल टोचन गरी लैजाँदै गरेको अवस्थामा अटो तलासी गर्दा अटो भित्र बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक राजेशलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने २९ वर्षीय निर्झर केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर नजिकै झाडीबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-७ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका-७ भासी बस्ने डडेल्धुरा घर भएका २४ वर्षीय कैलाश कुमार जोशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ४४ वर्षीय रमेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्राम सहित मोरङ केराबारी नगरपालिका-५ बस्ने ३२ वर्षीय बिमल भन्ने खगेन्द्र मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.२ प ९८७९ नम्बरको मोटरसाइकल चालक खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।