प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८३-०२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-१२ डिएम गेट बस्ने २६ वर्षीय राम शंकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ५९८० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ गिरी टोल बस्ने ४५ वर्षीय दमन गिरीलाई अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ करिब ४ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा,  शिवसताक्षी नगरपालिका-९ शान्ति मार्ग टोलबाट अवैध लागूऔषध गाँजा ५ सय ८६ ग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीया आशा चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित बिर्तामोड बजार बस्ने इलाम माईजोगमाई गाउँपालिका-१ इलाम घर भएका २४ वर्षीय फुर्वा तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय  मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० धुलाबारी टोल बस्ने २७ वर्षीय गुलाम रसुल मियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय रविन प्रधान समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय बिश्वराज राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-५ बसन्ता टोल बस्ने १९ वर्षीय प्रशान्त परियार समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित न्यू कैलाली सुर्खेती स्टाफ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-४ घर भएकी ४० वर्षीया साबित्री कुमारी शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, कानेपोखरी गाउँपालिका-७ जहदाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ चिसाङ बस्ने ३३ वर्षीय बीर बहादुर घिसिङ र सोही गाउँपालिका-७ कानेपोखरी बस्ने ३७ वर्षीय सन्तोष लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-३२ खुदीखोला बस्ने ३६ वर्षीय कबिमान थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन २६ एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ रानीपाकडबाट नियन्त्रित लागूऔषध फेनारगन ९८ एम्पुल, डाईजेपाम ९८ एम्पुल र बुप्रेनोर्फिन ९९ एम्पुल सहित रामग्राम नगरपालिका-२ हाटबजार टोल बस्ने २२ वर्षीय नागराज काहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-२८

 काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय चन्द्र बहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ बस्ने २६ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०१-००५ प १३७८ र भे.१२ प ४६९७ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाजुरा खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपाली समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ४९ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-२७

उदयपुर, बेलका नगरपालिका-५ सुपाडे देउरालीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५९ किलो ४ सय ग्राम सहित सप्तरी सप्तकोशी नगरपालिका-८ आदोरा बस्ने २८ वर्षीय पशुपती साफीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक पशुपतिलाई पक्राउ गरेको हो ।  सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ बस्ने ४३ वर्षीय जगदिश यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९० किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले जगदिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०६-२७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो  हेरोइन १४ ग्राम ६ सय ९० मिलिग्राम र नगद २० हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र सोही नगरपालिका-३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ अठारघरे कालिझोडा बस्ने २७ वर्षीय अनिश माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, गोलबजार नगरपालिका-१ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगर समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम २ सय ३० मिलिग्राम र नगद ७९ हजार ५ सय रूपैयाँ सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी दाङ, राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहि गाउँपालिका-१ बस्ने २० वर्षीय सुजल थापा र २२ वर्षीय शिब बहादुर पुन मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ स्कुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय कपिल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने ४० वर्षीय गणेश बास्फोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ मर्पा बस्ने २२ वर्षीय सागर चौधरी र सोही उपमहानगरपालिका-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प ९९४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय टंक राज भट्ट र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय राम जनम चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८७ ट्याब्लेट सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित काठमाडौं कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राईलाई आतइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ०१४२ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक देबिन्द्रलाई पक्राउ गरेको हो ।  झापा, बाह्रदशी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही नगरपालिका-६ घर भएकी २१ वर्षीया रेजिना तोलाङ्गी रहेका छन् । प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिक कुमार कोईराला, झापा अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोल बस्ने २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ९१७३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक डिक कुमार र अटोमा सवार सुजन, पदम र पूर्ण बहादुरलाई पक्राउ गरेको    हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने मधुवन नगरपालिका-८ लालीबजार घर भएका २१ वर्षीय सन्देश राना मगर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।