अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०२-१३
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-१२ डिएम गेट बस्ने २६ वर्षीय राम शंकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ५९८० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ गिरी टोल बस्ने ४५ वर्षीय दमन गिरीलाई अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ करिब ४ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-९ शान्ति मार्ग टोलबाट अवैध लागूऔषध गाँजा ५ सय ८६ ग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीया आशा चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित बिर्तामोड बजार बस्ने इलाम माईजोगमाई गाउँपालिका-१ इलाम घर भएका २४ वर्षीय फुर्वा तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० धुलाबारी टोल बस्ने २७ वर्षीय गुलाम रसुल मियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय रविन प्रधान समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय बिश्वराज राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-५ बसन्ता टोल बस्ने १९ वर्षीय प्रशान्त परियार समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित न्यू कैलाली सुर्खेती स्टाफ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-४ घर भएकी ४० वर्षीया साबित्री कुमारी शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ जहदाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ चिसाङ बस्ने ३३ वर्षीय बीर बहादुर घिसिङ र सोही गाउँपालिका-७ कानेपोखरी बस्ने ३७ वर्षीय सन्तोष लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३२ खुदीखोला बस्ने ३६ वर्षीय कबिमान थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन २६ एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ रानीपाकडबाट नियन्त्रित लागूऔषध फेनारगन ९८ एम्पुल, डाईजेपाम ९८ एम्पुल र बुप्रेनोर्फिन ९९ एम्पुल सहित रामग्राम नगरपालिका-२ हाटबजार टोल बस्ने २२ वर्षीय नागराज काहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।