प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-१०-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र नगद १२ लाख रुपैयाँ जरिवाना ठहर गरी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्ताखानबाट पक्राउ गरेको हो । रिजालले आफ्नो वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी एनआईसी बैंकको खाताबाट भुक्तान हुने भनी चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-०८

बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकबाट जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय चेत राम सोनीलाई करिब १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले चेत रामलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, राक्सिराङ गाउँपालिका-५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
२०७९-०२-०७

कैलाली, धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय राजा भगत रहेका छन । शंकास्पद अवस्थामा पदैल हिँडिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय पंकज चौधरीबाट खरिद गरी लाएको खुलेपछि पंकजको घर जाँच गर्दा थप ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।हाल फरार रहका पंकजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०७९-०२-०६

काठमाडौं, बुढानिलकण्‍ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल सहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, व्यास नगरपालिका-३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।  उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।