प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा सोमबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल प्रहरी संगित विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगित विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Director Of Music, Captain Sean O’Neil एवं Assistant Director Of Music, Designate WO2, सुनिल गुरुङ समेतको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Director Of Music, Captain Sean O’Neil लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith ले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । 

वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीबाट सोही गाउँपालिका-२ पडेरीया बस्ने २२ वर्षीय राम अजोर यादवलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका राम अजोरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय २२ ट्याब्लेट नाईट्राभेट र १ सय ३० मिलिग्राम लागूऔषध खैरो हेटोईन जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र १ ग्राम ३ सय ७० मिलिग्राम अवैध लागूऔषध चुना जस्तो देखिने पदार्थ सहित सप्तरी खडक नगरपालिका-८ बस्ने २४ वर्षीया रजनी कुमारी चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बोकी केही मानिसहरू हिँडिरहेको सूचानाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सिरहा मिर्चैया नगरपालिका-२ बस्ने ३० वर्षीय मो.आरिफ हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ७ ग्राम १ सय ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काभ्रे खानिखोला गाउँपालिका-२ बस्ने २५ वर्षीय कृष्ण थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०१-००५ ख ९६५४ नम्बरको हाईसमा सवार उनलाई  जाँच गर्ने क्रममा चुरोटको खाली बट्टाभित्र ल्याएको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०७९-०३-१७

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गर्ने पक्राउ
२०७९-०३-१७

काठमाडौं, सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको   हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।