प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-१२-१६

  • A
  • A-
  • A+
Share

कैलाली, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अमनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

संखुवासभा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । निसानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरील उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०२

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-२ पानधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।