प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८३-०२-०७

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान, छर्रा र बारूद सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ शिवशक्ति टोल बस्ने ४३ वर्षीय बिजय पौडेल र सोही नगरपालिका-२ चिसापानी बस्ने ५० वर्षीय बखत राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार