बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-०२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी जिल्ला राजविराज नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३२ वर्षीय दिपेन्द्र तातेडलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले १५ दिन कैद र ४५ लाख ५५ हजार ४ सय १४ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं भोटेवहालबाट पक्राउ गरेको हो ।
दिपेन्द्रले जनता बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।