कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०१-०४
- A
- A-
- A+
रौतहट, बौधीमाई नगरपालिका-७ स्थित बंकुल माँ इटा उद्योग नजिकै नहरको बाटोबाट कटुवा पेस्तोल १ थान सहित भारत पूर्वी चम्पारण मौवाह पंचायत टोल चरमा बस्ने २० वर्षीय सुर्य कुमार दासलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।