प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट १० जना पक्राउ

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका-२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला परी चालक पूर्ण बहादुरलाई  पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका-७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ । 

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरेटारबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ घर भई शिवसताक्षी नगरपालिका-१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध  ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक-८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र  सोही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-०७

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र सोही नगरपालिका-३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०४-०६

सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित कोशी लोकमार्गबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित धनकुटा सागुरीगढी गाउँपालिका-८ बस्ने ३४ वर्षीय दर्शन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले बा.१५ च ७१४४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, आठबिसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम करिब ५ किलो ५ सय ८० ग्राम सहित सल्यान कुमाख गाउँपालिका-५ बस्ने ३२ वर्षीय मदन प्रकाश गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले गोतामकोटबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ क १७८० नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको अफिम फेला पारी चालक गिरीलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-२ सुनारेसहर बस्ने ३२ वर्षीय दुर्गा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा  माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने १९ वर्षीय निर्दोश डाँगीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-०४-०६

कास्की, पोखरा महानगरपालिका-५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका-११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय साजन लिम्बुसमेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरको छ । तनहुँ, बन्दिपुर गाउँपालिका-१ बन्दिपुर गेटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय बिनायक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, बहुदरमाई नगरपालिका-९ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०४-०५

काठमाडौं,  अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम, नगद ८० हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बोहोराटर बस्ने २८ वर्षीय विजय बोहोरा, बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३६ वर्षीय अनिल तामाङ, ३९ वर्षीया मुस्कान तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय हरि बहादुर बस्कोटा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बिजयको साथबाट करिब ५ सय मिलिग्राम उक्त पदार्थ, अनिल तथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्राम तथा नगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्राम उक्त पदार्थ, नगद ६० हजार रूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-३ निमकोठिया बस्ने २४ वर्षीय जगमोहन रैदासलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-७ इँटाभट्टा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका-७ बस्ने २९ वर्षीय अमर रिमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, चन्द्रपुर नगरपालिका-५ राजपैडा टोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० भज्याङ छेउस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय राम कुमार चौधरी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७ नम्बर, को.१८ प ४६४० नम्बर, प्रदेश नं. १-०२-००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश-०१-०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-०४

  कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-९ शनिमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जिवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.१-०२-०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका-१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।