सुडानस्थित UNMISS र कोसोभोस्थित UNMIK मिसनमा खटी जाने प्रहरी टोलीको बिदाई
२०७९-०६-०९
- A
- A-
- A+
काठमाडौं, संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित UNMISS र कोसोभोस्थित UNMIK मिसनमा खटी जाने प्रहरी टोलीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले शुक्रबार आयोजित एक कार्यक्रमबीच बिदाई गर्नुभयो ।
उक्त कार्यक्रममा UNMISS मिसनमा असोज ११ गते प्रस्थान गर्ने १४ जना र UNMIK मिसनमा असोज १४ गते प्रस्थान गर्ने १ जना गरी जम्मा १५ जना प्रहरी कर्मचारीहरूलाई बिदाई गरिएको हो ।