अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०८-१३
- A
- A-
- A+
बझाङ, दुर्गाथली गाउँपालिका-४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका-९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका-८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।