बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न
२०७८-०८-०३
- A
- A-
- A+
काभ्रेपलाञ्चोक,
मण्डनदेउपुर नगरपालिका-५ स्थित तपेश्वर माध्यमिक बिद्यालयमा समुदाय प्रहरी साझेदारी अन्तर्गत बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले समाजमा शान्ति सुरक्षा र अमन चयन स्थापनामा प्रहरीको भूमिका, समाजमा असल नागरीकको भूमिका, कानुन कार्यान्वयन प्रणाली, सामाजिक अपराध, सोको रोकथाम तथा नियन्त्रणका उपायहरु जस्ता बिषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त बिद्यालयमा माध्यमिक र उच्च माध्यमिक तहमा अध्यनरत १ सय जना बिद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रहरी उपरीक्षक खत्रीले सहभागी बिद्यार्थीहरुले प्रहरीको काम कारबाही र प्रहरी सम्बन्धि राखेका विभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।
सोही बिद्यालयका शिक्षक सुरेन्द्र पौडेलले कार्यक्रम अत्यन्त फलदायी भएकोले कार्यक्रमलाई निरन्तरता दिएमा समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।