सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ
२०८२-०५-२४
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ३५ ग्राम सहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियामा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइने छ ।