प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०८-२१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-४ बैवाह कालिपुलियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलीग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका-५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाटा नगरपालिका-११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साईकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७७ मिलिग्रामसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका-२ गोकुलपुर बस्ने २८ वर्षीय मंगल चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई  उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने १८ वर्षीय किशोर र २६ वर्षीय पवन भण्डारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट गणेशमान चोकबाट खटिएको प्रहरीले क.प्र.०२-००२ प ४९०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-१२ बुढी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित सुखिपुर नगरपालिका-८ बस्ने ४० वर्षीय प्रलाद रायलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले पैदलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

 झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित शिवसताक्षी नगरपालिका-८ झिलझिले बस्ने ३५ वर्षीय चन्द्र बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-७ सत्तीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १५० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-८ बस्ने २५ वर्षीय बिसाल साउद र २८ वर्षीय बिजय बुढा रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार