जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
२०७९-०१-१५
- A
- A-
- A+
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा गोरखा भिमसेन थापा गाउँपालिका-५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९ सय ७७ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।