प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ८५ ग्रामसहित पर्सा छिपरमाई गाउँपालिका-५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ह ०१३२ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाइजोपाम ५ एम्पुलसहित झापा दमक नगरपालिका-७ बस्ने २८ वर्षीय अमन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्सा, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने ५५ वर्षीय माधबलाल महेताको घरबाट अवैध लागूऔषध गाँजा १ सय ७३ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार महेताको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।  सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०६-१४

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका-२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् । लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ । झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित भारत पश्चिम बंगाल राज्य उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-६ महानन्द चोक डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-१० झागुटे टोल बस्ने ४० वर्षीया कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिका-१० बस्ने ३८ वर्षीय किरण मगर र ३५ वर्षीय निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने २२ वर्षीय दीपक चौधरी र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका-१० स्थित सागर ठगुन्नाको काठको मिल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी र नगद १८ हजार रूपैयाँसहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१२ बस्ने १९ वर्षीय अर्जुन भर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, राप्ती नगरपालिका-२ गडौलीबाट अवैध लागूऔषध गाँजा करिब २६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपश्चात सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१२

कैलाली, गोदावरी नगरपालिका-९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ वेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका-८ बस्ने १९ वर्षीय बिवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आईरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् । प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेटसहित पर्सा  छिपरमाइ गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप समेतबाट खटिएको प्रहरीले ग.१ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।   मोरङ, केराबारी गाउँपालिका-१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० बस्ने २३ वर्षीय बिजय मगर, २६ वर्षीय असिम देवान, ३३ वर्षीय असिम मगर र सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका   छन् । लागूऔषध ओसारपसार तथा बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, जहदा गाउँपालिका-१ यादव टोलस्थित बाँसको घारीबाट बेबारीसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा  बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०६-११

झापा, मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१५ बस्ने ३६ वर्षीय बिजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।