प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अभियोगमा पक्राउ

२०७९-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित धादिङ निलकण्ठ नगरपालिका-९ स्थायी घर भएका ३८ वर्षीय गणेश विश्वकर्माको तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अभियोगमा गणेश विश्वकर्मा सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त सेकुवा कर्नरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई १ बुक तास र नगद ३० हजार ६ सय ३० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित नारायण प्रसाद अधिकारीको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय शिव पुन समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ३ बुक तास र नगद ८५ हजार २ सय ८० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार