प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चेक अनादर मुद्धाका फरार अभियुक्त पक्राउ

२०८१-०१-३०

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, चेक अनादर मुद्धाका फरार अभियुक्त भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने जनक राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनपुर जिल्ला अदालतको २०७९ चैत ९ गतेको फैसलाले चेक अनादर मुद्धामा २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ । 

सम्बन्धित समाचार
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ
२०८१-०२-०९

काठमाडौं, भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको ७५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री ३ थानसहित सर्लाही कौडेना गाउँपालिका-७ ठेगाना भएका २२ वर्षीय मोहमद नईमुदीनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०९

काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र गरी ग्राहकहरूसँग बार्गेनिङ गर्दै सामान देखाई रकम लिएर आउछु भनि ल्यापटप, मोबाइल क्यामेरा समेतका सामानहरूको जम्मा ७ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामानहरू लिई फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।   पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ
२०८१-०२-०९

कास्की, पोखरा महानगरपालिका-३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका-२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन बिक, २७ वर्षीय संजिप सुनार, ५२ वर्षीय यम बहादुर चौरेली तथा ४९ वर्षीया कृष्ण कुमारी चौरेली, झापा भद्रपुर नगरपालिका-३ बस्ने ४० वर्षीय राजिव प्रसाई, रूपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया बिष्णु बोहरा रहेका छन् । सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ
२०८१-०२-०९

झापा, चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका-३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् । पाँचथर जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३-०२-००९ प ५२२१ नम्बर र मे.९ प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ ।