प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८२-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-१०-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने काठमाडौं कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका-२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका-२६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने काभ्रे चौंरीदेउरीली नगरपालिका-९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।  पक्राउ मध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका-११ बाट तथा कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, कोपिलालाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-१०-२५

काठमाडौं, ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ बोहोरे बस्ने ८१ वर्षीय चन्द्र बिक्रम राई र उनकै श्रीमती ८० वर्षीया चन्द्र माया राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्ग डेरा गरी बस्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ घर भएका ३४ वर्षीय धन बहादुर राना मगर समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चन्द्र बिक्रम र उनकै श्रीमती आफ्नै घरमा गत माघ १२ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्गबाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ओखलढुंगाबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।