प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-११-२१

  • A
  • A-
  • A+
Share

बैतडी, दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्टलाई भरूवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा वन्यजन्तुको छाला फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार