वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-०९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-८ राजावास बस्ने ५३ वर्षीय मिन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत उदयपुरको २०७४ फागुन २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना २४ दिन कैद सजाय र ४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा बुझाइएको छ ।