प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८२-११-०७

  • A
  • A-
  • A+
Share

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोक बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १ लाख ७४ हजार ६० रूपैयाँ, विभिन्न बैंकको चेक २ थान र १० बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार