भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०८-१८
- A
- A-
- A+
मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने ओम प्रकाश यादवलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसीलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले उनको घरको छाना माथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।