प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

२०७९-०७-०९

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । सोही नगरपालिका-११ चिया बगान क्वाटरस्थित लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-१६

पर्सा, वीरगंज महानगरपालिका-२१ विरगंज पथलैयाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही महानगरपालिका-२८ बगही बस्ने ४४ वर्षीय फागु साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सर्लाही, ईश्वरपुर नगरपालिका-५ बारान टोलबाट नियन्त्रित लागू औषध १ सय एमएलको २ सय २ बोतल विनसिरेक्ससहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय  कारी पासवान र २० वर्षीय अग्लेक्स पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय केसरगंजबाट खटिएको प्रहरीले बीआर ३० आर ९०३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८०-०६-१६

कैलाली, गोदावरी नगरपालिका-६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५५ वर्षीय बालसरा कार्कीसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम, नगद २ लाख १९ हजार रूपैयाँ र सानो डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले बालसराको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८८ मिलिग्रामसहित पोखरा महरनगरपालिका-७ अन्नपूर्ण टोल बस्ने तनहुँ बन्दिपुर गाउँपालिका-५ घर भएका ४० वर्षीय आईतसिंह गुरूङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।  सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०६-१४

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका-२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् । लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ । झापा, भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्रामसहित भारत पश्चिम बंगाल राज्य उत्तर दिनजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-६ महानन्द चोक डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुल र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-१० झागुटे टोल बस्ने ४० वर्षीया कौशिला मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही गाउँपालिका-१० बस्ने ३८ वर्षीय किरण मगर र ३५ वर्षीय निराकारमान मगर समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने २२ वर्षीय दीपक चौधरी र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय सागर ठगुन्नालाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलौरी नगरपालिका-१० स्थित सागर ठगुन्नाको काठको मिल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी र नगद १८ हजार रूपैयाँसहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१२ बस्ने १९ वर्षीय अर्जुन भर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, राप्ती नगरपालिका-२ गडौलीबाट अवैध लागूऔषध गाँजा करिब २६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोरामा बोकी ल्याएको सामान फाली मानिस फरार भएपश्चात सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।