बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१०
- A
- A-
- A+
काठमाडौं, बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।