भन्सार छलि ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ
२०८०-०१-२५
- A
- A-
- A+
रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित राहदानी नम्बर इइ ७७७५४३३ बाहक २७ वर्षीय CHEN JUNSHAN लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।
बरामद सामानसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको छ ।