बिचौलियाको काम गरेको अभियोगमा एक जना पक्राउ
२०७९-११-१५
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-४ स्थित मालपोत कार्यालयमा काम गराई दिन्छु भनी सेवाग्राहीसँग पैसा लिई बिचौलियाको काम गरेको अभियोगमा सोही उपमहानगरपालिका-१६ बस्ने ४६ वर्षीय प्रदिप प्रसाद पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।