मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ
२०७८-११-२१
- A
- A-
- A+
कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका-१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा-६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी-९ स्थायी घर भई हाल पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् ।
पोखरा महानगरपालिका-६ लेकसाईडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर मानव बेच-बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।