करिब २ सय ७५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८२-०६-१३
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।