प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

२०८२-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्‍तरी कञ्चनरूप नगरपालिका-१२ घर भएका २६ वर्षीय बिबेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् । 

काठमाडौं महानगरपालिका-१० थापागाउँ लाखेचौर मार्गस्थित सिर्तेल होलिडेज प्रा.लि नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरुलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशहरूमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनि झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनि विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३ सय २८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५ सय ७४ रूपैयाँ ठगी गरेको खुल्न आएको   छ । 

साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रूपैयाँ, कम्प्युटर १ थान,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी ५ हजार ७५ थान लगायतका सरसामान बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-३ बस्ने २९ वर्षीय सुबास आले मगरलाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ । सुबासले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न चार जना पक्राउ
२०८३-०५-१०

काठमाडौं, धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, ललितपुर साबिक ललितपुर उपमहानगरपालिका-२ बस्ने क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्स लिमिटेडका संचालक ४१ वर्षीया सुनिता महर्जन, काठमाडौं महानगरपालिका-१६ बस्ने नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ मध्ये सुभाष धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा, सुनिता महर्जन धितोपत्र सम्बन्धी ऐन तथा अनुप र सुनिता श्रेष्ठ बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-०९

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३८ वर्षीय दिपक थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०५-०९

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । पक्राउ मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ, करिनाले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, साजनले फिनल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, पेमाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र तोमकुमारीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुष्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं महानगरपालिका-३ बाट आइतबार तथा पेमालाई काठमाडौं महानगरपालिका-१२ बाट र तोमकुमारीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
२०८३-०५-०८

काठमाडौं,  जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-३ ठेगाना भएका बिमल राजवंशी पक्राउ परेका छन् । एनसिबि मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ वैशाख ३० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।