प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-०९-०४

  • A
  • A-
  • A+
Share

        कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय संदिप श्रीवास्तब र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट ६ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज टोलबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका बस्ने ३० वर्षीय बेचन मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्याल भारदहबाट खटिएको प्रहरीले मण्डललाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा बजारबाट करिब ४८ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिजयनगर गाउँपालिका-६ बस्ने २२ वर्षीय राजकुमार खटिक भन्ने राम खटिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

अर्घाखाँची, पाणिनी गाउँपालिका-५ मैदान बोखरस्थित रोयल होटलबाट करिब ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा र करिब २ सय लिटर मह जस्तो देखिने पदार्थ सहित सप्तरी राजविराज सगरमाथा गाउँपालिका-२ बस्ने २२ वर्षीय अजय कुमार धामी यादव समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा शंकास्पद ब्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले सोधपुछ तथा निजहरु बस्दै गरेको कोठा तलासी गर्दा उक्त गाँजा र मह जस्तै देखिने पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अपहरण, शरीर बन्धक गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-२९

पर्सा, अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका-५ ठेगाना भएका २८ वर्षीय उत्तम पटेल र सोही ठाउँ ठेगाना भएका ३० वर्षीय प्रितम पटेल रहेका छन् । राजकुमार ट्युसन पढ्न पर्सा वीरगंज महानगरपालिका-१६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका-१६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो । थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको खुल्न आएको छ । उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

कुटपिटबाट मृत्यु, चार जना अभियुक्त पक्राउ
२०७९-०४-२९

गोरखा, पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।