नेपाल प्रहरीको पुरूष हक्की टिम दोस्रो खेलमा पनि विजयी
२०७९-०६-३०
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।
पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि केशवराज जोशी, महेश धामी, शशी दर्लामी र श्रवण कुमार तामाङले समान १ गोल गरेका थिए ।
दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह 'बि' मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेश सँग असोज ३१ गते खेल्नेछ ।