अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१०
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१३ मियाँपाटन बस्ने २६ वर्षीय गोपी नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८८११ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-७ बोक्तोवारीबाट ४ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, १ थान डिजिटल तराजु र २ थान मोटरसाइकल सहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-७ टेलीभित्ता बस्ने १९ वर्षीय नारायण राजबंशी, सोही नगरपालिका-७ बोक्तोबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, सोही नगरपालिका-६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका-८ सैनिकटोल बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ कसेनिटोल बस्ने ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका-१ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २० वर्षीय शाहिल ठाकुर र सुर्खेत चौकुने गाउँपालिका-४ बिजौरा बस्ने २१ वर्षीय रमेश बुढा क्षेत्री रहेका छन् । लु.८१ प ५००३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल नेपालको समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।