जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-१५
- A
- A-
- A+
उदयपुर, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलका नगरपालिका-४ गौरीशंकर शिवालय टोल बस्ने ४५ वर्षीय हरि आचार्यलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हरिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।