प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

२०८२-०७-०४

  • A
  • A-
  • A+
Share

मोरङ, ग्रामथान गाउँपालिका-३ सिद्राहा बाँसबारी चोकमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-३ बस्ने ६७ वर्षीय अरूण गुप्ता समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ४० रूपैयाँ र कौडा १५ थान सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१६ माथिल्लो दिप बस्ने ६० वर्षीय बालकृष्ण गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बालकृष्ण समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९५ हजार ६ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ३८ वर्षीय प्रकाश धनाडी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ९ सय ७५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।