विभिन्न धनमाल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०६-२६
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१० अंमरसिंहचोकस्थित ईलान अलीको एप्पल केयर मोबाईल पसलबाट नगद तथा मोबाइल लगायतको सामान चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० नागिन टोल बस्ने २१ वर्षीय दिनेश परियार र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त पसलको सटरको ताल्चा फोडी पसलभित्र रहेको भिभि मोबाइल २ थान, सामसुङ मोबाइल ३ थान, नगद १२ हजार रुपैयाँ लगायतका सामानहरू गएराति चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरको विभिन्न सामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।