प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने ६ जना पक्राउ

२०८३-०२-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्समा कार्यरत काठमाडौं महानगरपालिका-८ गुहेश्वरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका संचालक भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने सप्तरी घर भएका ४२ वर्षीय प्रकाश साह, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ पिपलबोट बस्ने मोरङ घर भएका ५२ वर्षीय कुमार उराउ र काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने खोटाङ घर भएका ४७ वर्षीय पशुपति राई रहेका छन् ।

 गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले केदार बहादुर खड्काको घर तलासी गर्दा स्रोत नखुलेको नगद ३१ लाख ८० हजार रूपैयाँ समेत बरामद गरेको छ । 

नहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ५६ वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।  उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १ महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-०९

भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका-९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् । उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

टर्की र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका-७ बस्ने बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय बिर बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये सुरेशलाई टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बिर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र बिर बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ । 

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०३-०८

कास्की, चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् । पोखरा महानगरपालिका-१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको छ । उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।