नेपाल प्रहरीको पुरूष भलिबल टिम सेमिफाइनल प्रवेश
२०७९-०७-०१
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित संचालित खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २५-२१, २५-१३ र २५-२० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिस क्लबले कात्तिक २ गते सेमिफाइनल खेल खेल्नेछ ।