जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१३
- A
- A-
- A+
नवलपरासी पश्चिम, ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१२ बस्ने ५१ वर्षीय राम बहादुर सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
राम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।