अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ
२०८१-०१-१८
- A
- A-
- A+
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १६ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय आकाश थापा र धनकुटा महालक्ष्मी नगरपालिका-९ बस्ने २४ वर्षीय बिकाश तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिरानटगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प ७४०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रमममा मोटरसाकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।