जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-०१
- A
- A-
- A+
बाँके, १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।