प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

२०८०-१२-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका-१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् । 

पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 



सम्बन्धित समाचार
डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-२८

काठमाडौं, डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ३३ वर्षीय हिमाल बज्र लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने मकवानपुर मनोहरी गाउँपालिका-३ सुकौरा घर भएका ५१ वर्षीय ज्ञानु बल रहेका छन् ।रौतहट चन्द्रपुर नगरपालिका-१ स्थित बुढीखोला नजिक सडकमा ३/४ जना अपरिचित व्यक्तिहरूले पीडितको मोबाइल तथा नगद ११ लाख ८३ हजार रूपैयाँ गत वैशाख १३ गते डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ मिलनचोकबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट पठाइएको छ ।  

बाह्‍य मुलुकतर्फ लैजान लागेको स्वदेशी तथा विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०२-२८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जना बंगलादेशी नागरिहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३९ वर्षीय Mohammad  Intaz Ali र ५० वर्षीय MD Zakir Hossain रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा Mohammad  Intaz Ali को साथबाट स्रोत नखुलेको नेपाली १० लाख २५ हजार रूपैयाँ र Zakir Hossain को साथबाट स्रोत नखुलेको नेपाली १२ लाख ३४ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजार सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।