प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८०-०५-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ २ ग्रामसहित रौतहट राजपुर फरहदबा नगरपालिका-४ घर भएका ३७ वर्षीय शेख मालिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सर्लाहीदखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २४१६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-११ स्थित केसलिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही नगरपालिका-४ त्रिबेणी चोक बस्ने २३ वर्षीय अनुप राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

उदयपुर, रौतामाई गाउँपालिका-७ देवाने बस्ने ५२ वर्षीय टेक बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगम चोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धादिङ, धुनिवेशी नगरपालिका-७ नौविसेस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १४ केजीसहित थाक्रे गाउँपालिका-३ मसिनोडाँडा बस्ने २४ वर्षीय गणेश तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महादेववेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०३३ प ७२७१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक तामाङको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८०-०६-०८

उदयपुर, उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  पर्सा, जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् । सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा.प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो । कैलाली, लम्की चुहा नगरपालिका-१० सुतैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८०-०६-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलिया ग्राम पन्चायत सुखापुरा गरवार घर भई हाल पाँचथर फिदिम नगरपालिका-१ बस्ने २० वर्षीय पवन शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  बारा, जितपुरसिमारा उपमहानगरपालिका-२१ स्थित दुधौरा खोलाको झुलुङगे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने २५ वर्षीय रंजित प्रसाद चौरसिया र जितपुरसिमारा उपमहानगरपालिका-३ छटिमाई बस्ने ३४ वर्षीय मकसुधन राउत बरै रहेका छन् । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना.२५ प ५८१४ नम्बरको मोटरसाइकलमा सवार रंजितलाई ४ केजी र प्रदेश ३-०२-००६ प २३९ नम्बरको मोटरसाइकलमा सवार मकसुधनलाई ४ केजी गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्रामसहित विर्तामोड नगरपालिका-३ विर्ताबजार बस्ने २४ वर्षीय उत्सब चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही स्थानबाट मेचीनगर नगरपालिका-९ बस्ने २० वर्षीय निर्दोस डाँगीलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित र उनकै साथी सोही ठाउँ बस्ने २७ वर्षीय साजन राजवंशीलाई मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोईन ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । रूपन्देही, सियारी गाउँपालिका-४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचन गाउँपालिका-१ बस्ने २९ वर्षीय महेश प्रसाद थारू र २२ वर्षीय जोसेफ चौहान क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट छपियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, बागमती नगरपालिका-३ जिरायत बस्ने ५८ वर्षीय भिम बहादुर राई र उनकै श्रीमती ५५ वर्षीया सोम माया थिङलाई अवैध लागूऔषध गाँजा १ केजी ५ सय ४२ ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सर्लाही, मलंगवा नगरपालिका-१० राजदेवी मन्दिर पछाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६४ केजी शुक्रबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका अन्दाजी १५ जना व्यक्तिहरूले बोकेको प्लाष्टिकले बेरिएको १२ वटा पोका फाली फरार भएपश्चात प्रहरीले पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।  पर्सा, वीरगंज महानगरपालिका-२२ मनियारी टोलस्थित खेतबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, नुर्फिन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन ३ हजार ४ सय ११ एम्पुल शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खेतमा रहेको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०६-०५

कैलाली, गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका-२१ कृष्ती घर भई हाल सोही महानगरपालिका-१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
२०८०-०६-०४

बारा, कोल्हबी नगरपालिका-२ भलुवाईखोरबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ बस्ने ४३ वर्षीय रुद्र बहादुर स्याङतान र सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय कुमार घलान रहेका छन् । अस्थाई प्रहरी पोष्ट बाराबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह २२२१ नम्बरको टेम्पुलाई जाँच गर्ने क्रममा ईन्जिनको भागमा बाँधी लुकाई छिपाई ५ वटा पोकामा राखेको उक्त गाँजासहित टेम्पो चालक रूद्ध बहादुर र टेम्पोमा सवार कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।